२०८३ श्रावण २० बुधबार
Search
२०८३ श्रावण २० बुधबार

शेख हसिनाको निवास बन्यो ‘जुलाई जन-विद्रोह स्मृति संग्रहालय’

 

श्रावण २० ढाका :  बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पूर्वसरकारी निवास ‘गणभवन’लाई ‘जुलाई जनविद्रोह स्मारक सङ्ग्रहालय’ घोषणा गरिएको छ । २०२४ को जुलाई-अगस्टमा भएकाे  विद्यार्थी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा उक्त सङ्ग्रहालय स्थापना गरिएको हो

अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेअनुसार  प्रधानमन्त्री तारिक रहमानले राजधानी ढाकाको शेरे-बङ्गला नगरस्थित गणभवन परिसरमा आयोजित एक कार्यक्रमका बीच सङ्ग्रहालयको उद्घाटन गरेका हुन् । सन् २०२४ अगस्ट ५ का दिन शेख हसिना देश छाडेर भारत प्रस्थान गरेकी थिइन् । सोही घटनाको स्मरणमा अगस्ट ५ कै अवसर पारेर उद्घाटन कार्यक्रम आयोजना गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयले फेब्रुअरी २०२५ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार १५ जुलाईदेखि १५ अगस्ट २०२४ सम्म चलेको विद्यार्थी आन्दोलन (जुलाई जनविद्रोह) का क्रममा करिब १,४०० जनाले ज्यान गुमाएका थिए। प्रतिवेदनमा तत्कालीन हसिना सरकारले प्रदर्शनकारीहरू विरुद्ध सुरक्षा फौजको प्रयोग गरी कडा दमन चलाएको उल्लेख छ।

सरकारी सेवामा कायम कोटा प्रणालीको विरोधबाट सुरु भएको व्यापक जनप्रदर्शन चर्किएपछि ५ अगस्ट २०२४ मा शेख हसिनाले पदबाट राजीनामा दिँदै देश छाडेकी थिइन् । त्यसको तीन दिनपछि मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।

सरकारी समाचार संस्था बीएसएसका अनुसार गणभवनलाई सङ्ग्रहालयमा रूपान्तरण गरी संरक्षित गर्ने प्रक्रियाको सुरुवात युनुस नेतृत्वको अन्तरिम सरकारले गरेको थियो। २०२४ को ऐतिहासिक जनआन्दोलनका सम्पूर्ण दस्तावेज सुरक्षित राख्नु र आन्दोलनमा बलिदानी दिनेहरूप्रति उच्च सम्मान प्रकट गर्नु यस सङ्ग्रहालयको मुख्य उद्देश्य रहेको छ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।