२०८३ श्रावण २० बुधबार
Search
२०८३ श्रावण २० बुधबार

सरकार असफलतातिर अघि बढ्दैछ, फेरि आन्दोलन र विद्रोहको वातावरण बन्दैछ : विप्लव

 

श्रावण २० काठमाडौं  : नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार असफलतातिर अघि बढिरहेको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लवले सरकार गठनको छोटो समयमा नै जनता निराश बन्न थालेको र सरकार असफलतातिर अघि बढिरहेको टिप्पणी गरेका हुन् ।

उनले विद्रोहको भावनाबाट बनेको वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए । जनता र नयाँ पुस्तामा असन्तुष्टि बढेर पुनः आन्दोलन र विद्रोहको वातावरण सिर्जना भइरहेको उनले बताए । विप्लवले भ्रष्टाचारीहरूलाई कारबाही गर्नुको साटो उल्टै संरक्षण गरिएको, उनीहरूको मनोबल बढेको र धरौटी वा बिना धरौटी सहजै रिहाइ भइरहेको प्रति चिन्ता व्यक्त गरे ।

सरकार कुनै स्पष्ट नेतृत्व वा दिशानिर्देश बिना चलेको जस्तो देखिएकाले जनता अन्योलमा परेको उनको भनाइ छ । साथै उनले विद्यमान प्रणाली र सरकार असफलतातिर गइरहेकाले नेपाली युवा, जेन–जी र सर्वसाधारणको सहभागितामा स्पष्ट राजनीतिक, आर्थिक र सांस्कृतिक प्रस्तावसहित नयाँ निकास खोज्नु पर्नेमा जोड दिए । उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई परम्परागत र पुराना शैलीबाट मात्र नहेरी गम्भीर समीक्षा र व्यापक बहस गर्नुपर्ने धारणा राखे ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।