धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट सोमवार थप ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा कञ्चनपुरबाट ३४ र कैलालीबाट पनि ३४ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या दुई हजार ८ सय १९ पुगेको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि अछामका पाँच सय ४०, डोटीका पाँच सय ३५, कैलालीका चार सय ५९, कञ्चनपुरका चार सय ४९, बैतडीका दुई सय ९९ र डडेल्धुराका दुई सय ६७ जनााई डिस्चार्ज गरिएको छ।
बाजुरा एक सय ७०, बझाङबाट ८७ र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। यस्तै सुदूरपश्चिम प्रदेशका ५३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने बाँकी एक हजार चार सय २० जना भने घर र स्थानीय तहको क्वारेन्टिनमा छन्। ८ जनाको भने मृत्यु भईसकेको छ।
मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २१, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल बाजुरा र डोटीमा दुई÷दुई जना गरी ५३ जनाको उपचार भईरहेको छ।
प्रदेश सरकारले कोरोना अस्पताल तोकेको सेती प्रादेशिक अस्पतालको आईसोलसन भने खाली रहेको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार दुई सय ४७ पुगेको छ।









