२०८३ असार २७ शनिबार
Search
२०८३ असार २७ शनिबार

डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि लुम्बिनी टेक र अपकोड नेपालबीच सम्झौता

 

काठमाडौं । नेपालमा दिगो डिजिटल इकोसिस्टम निर्माण गर्ने उद्देश्यका साथ लुम्बिनी टेक इनोभेसन सेन्टर र अपकोड नेपालबीच नेपालमा आधुनिक र डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि औपचारिक रूपमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यो रणनीतिक साझेदारीले नेपालका शहरी क्षेत्रहरूमा विद्यमान फोहोर व्यवस्थापनको चुनौतीलाई प्रविधिको माध्यमबाट समाधान गर्ने लक्ष्य राखेको छ ।

यस सहकार्यले परम्परागत र अव्यवस्थित फोहोर संकलन प्रक्रियालाई विस्थापित गरी एकीकृत डिजिटल फोहोर व्यवस्थापन प्रणाली स्थापना गर्न जोड दिनेछ ।

सम्झौताको महत्त्वबारे प्रस्ट पार्दै लुम्बिनी टेक इनोभेसन सेन्टरका संस्थापक अध्यक्ष धन बहादुर रानाले भने, ‘नेपालमा फोहोर व्यवस्थापन प्रणालीको डिजिटलाइजेसन डिजिटल इकोसिस्टम निर्माणको क्षेत्रमा एउटा ऐतिहासिक कोशढुङ्गा हो । प्रविधिको प्रयोगले हाम्रा समुदायहरूलाई स्वच्छ र स्मार्ट बनाउन मद्दत गर्नेछ ।’

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।