२०८३ असार २७ शनिबार
Search
२०८३ असार २७ शनिबार

गाईलाई हटाएर गैँडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौं : आदिवासी जनजाति आयोगले गैँडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव गरेको छ । संविधान संशोधनका लागि २५ बुँदे प्रस्ताव अगाडि सार्दै आयोगले राष्ट्रिय जनावर गाईलाई हटाएर गैँडा बनाउने प्रस्ताव गरेको हो।

आयोगले पत्रकार सम्मेलन गर्दै समय र परिस्थिति अनुसार जन आकांक्षा सम्बोधन गर्न र नयाँ शासन सञ्चालनका पुराना व्यवस्थालाई प्रभावकारी र परिवर्तनीय बनाउन संविधान संसोधन आवश्यक परेको भन्दै २५ बुँदे संविधान संशोधन प्रस्ताव प्रतिवेदन सार्वजनिक गरेको छ । 

आयोगले धारा-९ को उपधारा २ र ३ मा प्रदेश अनुसार सरकारी कामकाजको लागि तोकिएको भाषामा राष्ट्रिय गान गाउने व्यवस्था गर्न सकिने र राष्ट्रिय जनावर गाईको सट्टा गैँडा हुनेछ भन्ने प्रस्ताव गरेको हो । आयोगले गाई सबै धार्मिक (मुस्लिम) र साँस्कृतिक समुदाय (किरात, राई लगायत) को साझा हुन नसक्ने भएकोले परिवर्तन गर्नुपर्ने धारणा राखेको छ। 

 

 

यसैगरी राज्यको संरचना संघ, प्रदेश, स्थानीय र संरक्षित तथा स्वायत्त क्षेत्र गरी ४ तह हुने प्रस्ताव गरिएको छ।  प्रदेशसभाले प्रदेशको मुख्य मन्त्री र सभामुखको चयन गर्दा सम्बन्धित प्रदेशमा रहेको आदिवासी जनजाति, मधेशी, दलित र मुस्लीम समुदायको जनसंख्याको आधारमा उक्त समुदायका प्रतिनिधिलाई प्राथमिकता दिनुपर्ने आयोगको प्रस्ताव छ ।

आयोगले संविधान संसोधनले सर्वाभौम जनताको हक अधिकार र किनाराकृत समुदायको पहिचान, पहुँच र प्रतिनिधित्वको अवसरलाई अझ सरल, विश्वसनीय र सार्थक बनाउने विश्वास व्यक्त गरेको छ। 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।