२०८३ असार २७ शनिबार
Search
२०८३ असार २७ शनिबार

नागरिकता बनाइदिए बापत एक लाख ३० हजार

 
२४ असार, विराटनगर । विराटनगरमा मजदुरी गरेर जीवन निर्वाह गरिरहेकी एकल महिला मनिषा कामतलाई नागरिकता कसरी बनाउने भन्ने प्रक्रिया थाहा थिएन ।नागरिकता बनाउने सहज माध्यमको खोजीमा रहेका बेला उनको भेट विराटनगर–११ का करिब ६५ वर्षीय अशोककुमार श्रेष्ठसँग भयो । आफूलाई प्रशासनको प्रभावशाली व्यक्तिको रूपमा चिनाएका श्रेष्ठले मनिषा र उनका मामाको नागरिकता बनाइदिने प्रलोभन देखाए । त्यसबापत उनले मनिषाबाट एक लाख ३० हजार रुपैयाँ लिए ।

अरुको घरमा काम गरेर कमाएको रकमसहित कागजात र फोटो उनले महेन्द्रचोक पुगेर श्रेष्ठलाई बुझाइन् । फोटोसहितको विवरण बुझाएको तेस्रो दिनमा श्रेष्ठले उनलाई महेन्द्र चोकमै बोलाएर नागरिकता थमाए ।

३० वर्षीया दुई सन्तानकी आमा मनिषा नागरिक बन्न पाएकोमा निकै उत्साहित थिइन् । सोही नागरिकता लिएर उनी बुधबार राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगिन् । तर, त्यहाँ पुगेपछि आफ्नो नागरिकता नै नक्कली भएको थाहा पाइन् ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।