२०८३ असार २७ शनिबार
Search
२०८३ असार २७ शनिबार

मोरक्कोलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा

 

काठमाडौं : फिफा विश्वकप २०२६ मा मोरक्कोलाई पराजित गर्दै फ्रान्स सेमिफाइनल प्रवेश गरेको छ। बोस्टन स्टेडियममा भएको पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको हो। 

मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल

खेलको सुरुवाती समयदेखि नै फ्रान्सले मोरोक्कोमाथि दबदबा बनाइरहेको थियो। २५ औं मिनेटमा फ्रान्सका कप्तान केलियन एम्बापेले बल अगाडि बढाइरहेको अवस्थामा उनलाई पेनाल्टी बक्सभित्र फाउल गरिएको थियो। २८ औं मिनेटमा केलियन एम्बापेको पेनाल्टी मोरोक्कोका गोलकिपर यासिन बोनोले बचाए। 

खेलको पहिलो हाफमा थप गरिएको इन्जुरी समयको पाँच मिनेटको ५ अन्तिम मिनेटमा मोरक्कोले बक्स बाहिर  फ्री किक पाएको थियो। जसमा अचरफ हकिमीले वाइड रेन्जमा प्रहार गरे। 

पहिलो हाफको खेल सकिँदा खेल गोल रहित बराबरीमा सकिएको थियो। पहिलो हाफको खेलको नायक मोरक्कोका गोलकिपर यासिन बोनो रहे। उनले फ्रान्सको लगातार ४ प्रहार र केलियन एम्बापेको पेनाल्टी बचाए। 

दोस्रो हाफमा खेलमा फर्किएको फ्रान्स 

पहिलो हाफमा यासिन बनोको उत्कृष्ट प्रदर्शन र पेनाल्टी बचाउपछि दोस्रो हाफमा केही रणनैतिक परिवर्तनसहित फ्रान्स मैदानमा फर्कियो।
खेलको दोस्रो हाफमा फ्रान्सले कमब्याक गर्यो। खेलको ६० औं मिनेटमा कप्तान केलियन एम्बापेले गोल गर्दै टिमलाई अग्रतामा ल्याए। उनले डिफेन्डरलाई बिट गर्दै दोस्रो बारमा उत्कृष्ट फिनिस गरे। 

 

पहिलो गोलको ६ मिनेट पश्चात् फ्रान्सले दोस्रो गोल गर्‍यो। फ्रान्सका लागि ओस्मान डेम्बेलेले उत्कृष्ट फिनिस गरे। केलियन एम्बापेको असिस्टमा डेम्बेलेले निकै राम्रो गोल गरे। 

सन् २०२२ मा यी दुई टोलीले कतारमा भएको विश्वकपमा सेमिफाइनलमा भेट गरेका थिए। २०२२ मा फ्रान्सले मोरक्कोलाई हराउँदै फाइनल प्रवेश गरेको थियो। साविक उपविजेता फ्रान्सले सेमिफाइनलमा स्पेन र बेल्जियम बीच हुने क्वाटरफाइनल खेलको विजेता टोलीसँग खेल्नेछ।

मोरोक्कोले दोस्रो पटक क्वाटर फाइनल खेलेको थियो। यसअघि सन् २०२२ मा कतारमा भएको विश्वकपमा मोरक्कोले चौथो स्थान हासिल गरेको थियो।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।