२०८३ असार २७ शनिबार
Search
२०८३ असार २७ शनिबार

पार्टीलाई फेरि नयाँ उचाइमा लैजान्छौँ : प्रचण्ड

 

पोखरा : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएका कमीकमजोरी हटाएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।  पोखरामा आज आयोजित गण्डकी प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले प्रदेश, जिल्ला तथा पालिका र वडातहसम्म संगठन विस्तार गरेर महाधिवेशनसम्म पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने अठोट व्यक्त गरे ।

“हामीले यो पटक असाधारण परिघटनाको सामना गर्नुपरेको छ तर हामी ध्वस्त भइसकेका छैनौँ । सबैभन्दा पहिला आफ्नो कमजोरी सुधार्ने विषयलाई उच्च प्राथमिकताका साथ लिनुपर्छ,” प्रचण्डले भने, “विगतमा जस्तै राष्ट्रिय स्वाधीनता र वर्गीय हितका निम्ति जस्तोसुकै त्याग गर्ने सङ्कल्प गरेमा हामी यहीबाट सुधारिने छौँ र पार्टीलाई नयाँ उचाइमा लैजान सम्भव हुनेछ ।”

आगामी महाधिवेशन सामान्य र नेतृत्व चयनमा मात्र केन्द्रित नभई वैचारिक र सङ्गठनको हिसाबले क्रमभङ्ग गर्ने गरी अघि बढ्ने उनले बताए ।

“पार्टीको नेतृत्व र विचार निर्माण गर्दा पनि नयाँ रणनीति र कार्यनीति सहित विचारको विकास गर्नेछौँ। हामी अब अर्को क्रान्तिको सुरुआत गरेर मात्र विश्राम लिनेछौँ,” उनले भने ।

पार्टीका सहसंयोजक माधवकुमार नेपालले अहिलेकै अवस्थामा कम्युनिष्ट पार्टीहरूका बीचमा एकता सम्भव नरहेको बताए । राष्ट्रियतामाथि सङ्कट आउने अवस्था देखिएकाले वामपन्थी दलहरूबीच सहकार्य हुने उनले उल्लेख गरे ।

“पहिला आफ्नो पार्टी बलियो बनाउन लाग्नुहोस्, पार्टी ठूलो र बलियो भयो भने मात्र एकताको आशा जाग्छ। तत्कालै कम्युनिष्ट पार्टीबीच एकता हुँदैन”, नेपालले भने ।

कार्यक्रममा नारायणकाजी श्रेष्ठ, देव गुरुङ, हितराज पाण्डे‚ देवेन्द्र पौडेल, श्रीनाथ बराल, ज्ञानु आचार्य, शिव बास्तोला, कृष्ण नेपाली, गायत्री गुरुङलगायतले बोलेका थिए ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।