२०८३ असार २७ शनिबार
Search
२०८३ असार २७ शनिबार

बोस्नियालाई हराउँदै सहआयोजक अमेरिका विश्वकप फुटबलको अन्तिम १६ मा

 

काठमाडौं :  फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गत भएको रोमाञ्चक खेलमा घरेलु टोली अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।  

खेलको सुरुवाती समयदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको अमेरिकाका लागि पहिलो हाफको अन्तिम मिनेटमा फोलारिन बैलोगनले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । 

उनले खेलको ४५औं मिनेटमा आकर्षक गोल गरेका हुन्। दोस्रो हाफमा खेल निकै नाटकीय मोडमा पुग्यो। खेलको ६४औं मिनेटमा पहिलो गोलकर्ता बैलोगनले रातो कार्ड  पाउँदै मैदान छाड्न बाध्य भएपछि अमेरिका १० खेलाडीमा सीमित हुन पुगेको थियो ।  

१० खेलाडीमा झरेपछि बोस्नियाले खेलमा दबाब बढाउने प्रयास गरे पनि अमेरिकी डिफेन्स र गोलकिपरले त्यसलाई असफल तुल्याइदिए। खेल सकिन केही मिनेट मात्र बाँकी छँदा मालिक टिलम्यानले उत्कृष्ट प्रदर्शन गरे। उनले खेलको ८२औं मिनेटमा गोल गर्दै अमेरिकाको अग्रता २–० को स्थितिमा पुर्‍याए । 

यो गोलसँगै अमेरिकाको जित पूर्ण रूपमा सुनिश्चित भयो ।  यो सानदार जितसँगै अमेरिका फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनल (राउन्ड अफ १६) मा प्रवेश गरेको छ । उसले क्वाटरफाइनल प्रवेशका लागि बेल्जियमसँग खेल्नेछ। बेल्जियमले सेनेगललाई ३-२ गोलले हराउँदै अमेरिकासँगको भेट पक्का गरेको हो । 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।