सुर्खेत : दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत साङ्गेतरा क्षेत्रमा रहेको कर्णाली राजमार्गमा माइक्रो दुर्घटना भएको छ। सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खसेको जिल्ला प्रहरी प्रमुख डिएसपी श्रबणकुमार बिकले जानकारी दिए ।
कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स माइक्रो सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको छ । गाडीका चालक तुलाराम सुवेदी रहेको बुझिएको छ । प्रारम्भिक विवरणअनुसार गाडीमा चालकसहित पाँचजना सवार रहेको बुझिएको छ । घटनास्थलबाट एकजना पुरुषको उद्दार भइरहेको छ।अन्य यात्रुहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। दुर्घटनाको कारण र क्षतिको विवरण आउन बाँकी छ ।









