२०८३ असार २७ शनिबार
Search
२०८३ असार २७ शनिबार

क्रोएसियालाई २-१ले पराजित गर्दै पोर्चुगल राउन्ड अफ १६ मा प्रवेश

 

काठमाडौं:  फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) मा पोर्चुगलले क्रोएसियालाई पराजित गरेको छ । टोरोन्टो स्टेडियममा भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २-१ले पराजित गर्दै अन्तिम १६मा स्थान बनाएको हो ।

पहिलो हाफमा दुवै टोलीले केही प्रयास गरे पनि गोल भने निस्किन सकेको थिएन। ‌खेलको ५३ औं मिनेटमा क्रोएसियाले गोल गर्यो क्रोएसियाको लागि इभान पेरिसिचले गोल गरेका थिए । 

खेलको ६० औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए। तर त्यो गोल अफसाइड घोषित भयो। त्यसपछि भने बराबरीमा ल्यायो। खेलको ६८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको लागि पेनाल्टी मार्फत गोल गरे ।  खेलको निर्धारित ९० मिनेटमा दुवै टोली बराबरीको स्थितिमाथि निर्धारित ९० मिनेटमा १० मिनेटको इन्जुरी समय थप गरिएको थियो। त्यसको चौथो मिनेटमा पोर्चुगलका लागि गोन्कालो रामोसले उत्कृष्ट हेडर मार्फत गोल गर्दै पोर्चुगललाई २-१को स्थितिमा ल्याए र यही गोल नै निर्णायक सावित भयो। इन्जुरी समयको अन्तिम मिनेटमा क्रोएसियाले गोल फर्काउने प्रयास गर्यो। क्रोएसियाले फर्काएको गोल भने अफसाइड घोषित हुँदा पोर्चुगल अन्तिम १६मा प्रवेश गरेको हो । 

यो खेलबाट पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा निरन्तर हुने भएको छ । क्रोएसियाका लेजेन्ड लुका मोड्रिकको भने विश्वकप यात्रा सकिएको हो ।पोर्चुगलले राउन्ड अफ १६ मा स्पेनसँग खेल्नेछ ।
 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।