२०८३ असार २७ शनिबार
Search
२०८३ असार २७ शनिबार

सरकारले १२ विद्युत प्रसारण लाइन निर्माणको लक्ष्य राखेको छ : उर्जामन्त्री श्रेष्ठ

 

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेको बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा बिनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री श्रेष्ठले आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेको बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षभित्र १३२ केभी क्षमताका ९ वटा, २२० केभीका २ वटा, र नेपाल-भारत विद्युत प्रसारण तथा व्यापार आयोजना गरी कुल १२ वटा विद्युत प्रसारण लाइनहरूको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कार्ययोजना तयार गरी अगाडि बढाइसकेको उनले बताए ।

उनले ऊर्जा बिकाससम्बन्धी नयाँ कार्ययोजना नेपालको ऊर्जा क्षेत्रका निम्ति ‘गेम चेन्जर’ हुन सक्ने विश्वास व्यक्त गरे । मन्त्री श्रेष्ठले संघीय संरचना अनुसार संघको कार्यक्षेत्रमा रहेको क्लस्टरमा आधारित भूमिगत जल सिँचाइ प्रणालीको विकास गर्न मन्त्रालय लागिपरेको उल्लेख गरे । उनले सतह सिँचाइबाट सम्भव नभएका तराई–मधेशका ३ लाख १८ हजार हेक्टर कृषि योग्य जमिनमा भूमिगत जल भण्डारलाई उपयोग गरी क्लस्टरमा आधारित भूमिगत जल सिँचाइ प्रणाली विकास गर्ने कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिए । यस पटक डिप ट्युबवेल निर्माण भई पम्प टेस्ट भएका करिब १६४ वटा ट्युबवेलहरूको प्रणाली निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आउने र थप ६६ वटा डिप ट्युबवेलहरू निर्माण हुने समेत बताए ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।