काठमाण्डौ। फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र स्विट्जरल्याण्ड बीचको खेलसँगै जारी विश्वकपमा अन्तिम १६ का खेलहरू सकिएका हुन्।
अन्तिम खेलमा कोलम्बियालाई पेनाल्टीमा हराउँदै स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा पुगेको छ। गएराति भएको अर्को खेलमा इजिप्ट विरूद्ध सनसनीपूर्ण जित निकाल्दै अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ।

क्वार्टरफाइनलमा पुग्ने अरू ६ टोलीमा फ्रान्स, बेल्जियम, नर्वे, स्पेन, मोरक्को र इंग्ल्याण्ड छन् । फ्रान्सले पाराग्वेलाई, बेल्जियमले अमेरिकालाई, नर्वेले ब्राजिललाई, स्पेनले पोर्चुगललाई, मोरक्कोले क्यानडालाई र इंग्ल्याण्डले मेक्सिकोलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
अब क्वार्टफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग र अर्जेन्टिनाले स्विट्जरल्याण्डसँग भिड्नेछ। क्वार्टरफाइनलका खेलहरू शुक्रबार बिहानदेखि सुरू हुनेछ। पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्नेछन्। खेल नेपाली समयअनुसार शुक्रबार बिहान १:४५ बजेदेखि सुरू हुनेछ।
शनिबार बिहान १२:४५ बजे स्पेन र पोर्चुगलबीच खेल हुनेछ। त्यसपछि आइतबार बिहान २:४५ बजे नर्वे र इंग्ल्याण्ड तथा आइतबार बिहान ६:४५ बजे अर्जेन्टिना र स्विट्जरल्याण्डबीच खेल हुनेछ। जित्ने ४ टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनलको दुई खेलका विजेताले जुलाई २० गते बिहान १२:४५ बजे फाइनल खेल्नेछन् ।









