२०८३ असार २७ शनिबार
Search
२०८३ असार २७ शनिबार

१५ मिनेटका लागि संसद् बैठक स्थगित

 

काठमाडौं : प्रतिनिधि सभाका सभामुख डिपी अर्यालले एमालेका सांसद राजेन्द्र कुमार राईले बोल्न रोकेपछि विवाद हुँदा बैठक स्थगित भएको छ। बुधबार बैठक सुरु हुनासाथ आकस्मिक समयमा बोल्न सुरु गरेका सांसद राईले सभामुखले तपाईं कान सुन्नुहुन्छ कि हुँदैन’ भनेर अगाडि बढ्न लाग्दा सभामुख अर्याल आक्रोशित बनेका थिए । 

सभामुखले राईलाई बोल्न नदिने घोषणा गरेपछि एमाले सांसदहरुले उठेर बैठकमा अवरोध गरेका छन्। त्यसपश्चात रास्वपा सांसद टिका संग्रौलाले नियमापत्ति गर्दै सो भनाई रेकर्डबाट हटाउन माग गरेकी थिइन् । लगत्तै सभामुख अर्यालले सांसद राईले माफी माग्ने र भनाई सच्याउन समय दिएपछि राईले सभामुखको व्यवहारप्रतिनै राईले प्रश्न गरे। उनले सभामुख आत्तिएर जुन व्यवहार गर्नुभयो कुरा नसुनेकाले पाँच वर्ष संसद चलाउनु सक्नु हुन्न,  भनेपछि अर्यालले संसद बैठक १५ मिनेटका लागि स्थगित गरे।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।