२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

बाढीबाट विस्थापित परिवार हुलाकी राजमार्गमा भोकभोकै

धनगढी : विभिन्न नदीमा आएको बाढी बस्तीमा पसेपछि विस्थापित भएका कैलालीको भजनी नगरपालिकाका स्थानिय हुलाकी राजमार्गमा भोकभोकै बस्न बाध्य भएका छन्।

विस्थापितहरुले तीन दिनदेखि खाना नपाएको गुनासो गरेका छन्। हुलाकी राजमार्गमा बसिरहेका भजनी–८, सोनाफाँटाका सुकै डगौराले दुई दिनदेखि खान नपाएको बताए।

‘पानीसमेत पाउन मुस्किल भए पनि स्थानीय तह र अन्य निकायबाट सहयोग पाएको छैन्।’ उनले भने । हुलाकी राजमार्गमा मात्रै झण्डै सात सय ५० परिवार पाल टागेर बस्दै आएका छन्।

बाढीबाट विस्थापित अरुण चौधरीले घरमा पानी पस्दा अन्नपात सबै नष्ट भएको बताए। ‘पिउने पानीसमेत पाएके छैन्। समस्या परेको बेला जनप्रतिनिधि पनि देखिएका छैनन्।’ उनले भने। 

जिल्ला प्रहरी कार्यालय कैललाीका अनुसार बुधबार र बिहीबार गरी जिल्लाभर बाढीका कारण साढे तीन हजार परिवार विस्थापित भएका छन्।

कान्द्रा, काँढा र पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा सबैभन्दा बढि भजनी क्षेत्रमा समस्या भएको प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए।

विस्थापित परिवारलाई बिहीबार चाउचाउ, बिस्कुट, भुजालगायत तयारी खाद्यान्न वितरण गरिएको भजनीका मेयर शेरबहादुर चौधरीले बताए।

निरन्तरको वर्षाले बाढीको सतह नघट्दा बुधबार र बिहिवार विस्थापित परिवार अझै घर फर्कन सकेका छैनन्। 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।