२०८३ बैशाख १३ आईतवार
Search
२०८३ बैशाख १३ आईतवार

सुदूरपश्चिममा थप ४३ जनामा कोरोना पुष्टि

धनगढी – आज सुदूरपश्चिममा थप ४३ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा पछिल्लो २४ घण्टामा ४३ जनामा संक्रमण पुष्टि भएको हो ।डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बझाङका ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा डडेल्धुरा प्रयोगशालामा ४ सय ९ जनाको कोरोना परीक्षण गरिएको हो । यता धनगढीको सेती अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा ३२ जनामा कोरोना देखिएको हो । जसमध्य १५ महिला १७ पुरुषमा गरी ३२ जनामा कोरोना देखिएको सेती प्रादेशिक अस्पतालले जारी गरेको आजको प्रेस नोटमा उल्लेख गरिएको छ ।

संक्रमितहरुमा सबैभन्दा बढी कैलालीको लम्की चुहा नगरपालिकाका ९ महिला ८ पुरुष गरी १७ जनामा कोरोना पुष्टि भएको छ। यस्तै कैलालीको गोदावरी का एक जना पुरुष, टिकापुर का एक जना पुरुष, भजनी का दुई जना पुरुषमा पनि कोरोना देखिएको हो ।

त्यस्तै अछामका चार महिला, तीन पुरुष गरी सात जना, बझाङका एक पुरुष, एक महिला , एक बालिका गरी तीन जना र कन्चनपुरको शुक्लाफांटा का एक जना पुरुषमा कोरोना पुष्टी भएको सेती अस्पतालले जनाएको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।