२०८३ कार्तिक २४
Search
२०८३ कार्तिक २४

आज एकै दिन कुकुर तिहार र लक्ष्मीपूजा

 

काठमाडौं,कार्तिक २२ :  नेपालीहरूको महान् पर्व तिहार अन्तर्गत आज आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकैसाथ परेको छ। तिथीको घटबढका कारण आज बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

आज बिहान यमराजको दूत मानिने कुकुरलाई पूजा आराधना गर्दै माला लगाइदिने, टीका लगाउने र मीठा-मीठा परिकार खान दिने परम्परा छ। धार्मिक विश्वास अनुसार यसरी कुकुरलाई पूजा गर्दा यमलोक जाँदा बाटो खुल्ने जनविश्वास छ। घरको सुरक्षा र आज्ञापालक स्वभावका कारण पनि कुकुरलाई मानिसको सबैभन्दा बफादार साथी मानिन्छ।

त्यस्तै, आजै साँझ धन, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ। लक्ष्मीपूजाका लागि  मानिसहरूले आफ्नो घर-आँगन सफा गरी दीप प्रज्वलन, फूलमाला र रंगोलीले सिंगार्ने गर्दछन् । घरलाई झिलिमिली उज्यालो पार्नाले माता लक्ष्मीको आगमन भई सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक मान्यता रही आएको छ ।

 
 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।