२०८३ बैशाख १३ आईतवार
Search
२०८३ बैशाख १३ आईतवार

नेकपा विवाद थप बल्झिँदै

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद जटिलतातर्फ उन्मखु बन्दै गएका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलसमेत स्थगित भएको छ । आन्तरिक विवाद समाधानका लागि बुधबार साँझ हुने भनिएको छलफल प्रधानमन्त्रीसमेत रहेका ओलीले समय अभाव भन्दै स्थगित गरेपछि मतभेद थप बढेको छ ।

दुई अध्यक्ष ओली र दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङबीच विवाद टुंग्याउन तीन दिनदेखि लगातार छलफल भए पनि कुनै टुंगोमा पुगेको छैन । एकता प्रक्रियादेखि अहिलेसम्म आइपुग्दा ओली–दाहालबीच सरकार सञ्चालन र पार्टी सञ्चालनकै विषयमा उत्पन्न विवादमा कुरा मिल्न सकेको छैन । बुधबार साँझ सबै प्रक्रिया टुंग्याउने र बैठक सञ्चालन गर्ने भनिए पनि ओलीले छलफल नै स्थगित गरेपछि सचिवालय बैठक र स्थायी कमिटी बैठक अन्योलमा परेको छ । ओली स्थायी कमिटी र केन्द्रीय कमिटीबाट नभई सचिवालय बैठकबाट निर्णय लिनुपर्ने अडानमा छन् ।

त्यसका लागि अर्का अध्यक्ष दाहालसहितका नेताहरू तयार नभए बैठकमै सहभागी नहुने धम्की ओलीले दिँदै आएका छन् । विवाद बढ्दै जाँदा ओलीले मंगलबार कोरोनालगायत विषयमा विज्ञसहित प्रमुख राजनीतिक दलका नेतासँग गरेको बैठकमा दाहाल अनुपस्थित भएका थिए ।नागरिकमा खबर छ ।लोकपथबाट

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।