२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

कञ्चनपुरको महाकाली नगरपालिकाद्धारा कोरोना रोकथामका लागि अढाई करोड खर्च

कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि अढाई करोड खर्च भएको जनाएको छ । महाकालीमा  दुई करोड ४० लाख ७७ हजार रकम खर्च गरिएको हो। महाकाली नगरपालिकामा सबैभन्दा बढी राहत वितरणमा खर्च भएको देखिएको छ।

कार्यालयले सार्वजनिक गरेको खर्च विवरणअनुसार राहतमा रु ४३ लाख २७ हजार खर्च भएको छ । सार्वजनिक खर्चअनुसार क्वारेन्टिन निर्माणमा रु ३४ लाख १० हजार, क्वारेन्टिन सामग्रीमा १३ लाख २१ हजार, क्वारेन्टिन खानामा सात लाख, आइसोलेसन निर्माण तयारी सात लाख ८७ हजार खर्च गरिएको छ।

यसैगरी आइसोलेसन व्यवस्थापनमा रु १४ लाख, आइसोलेसन खानामा २३ लाख, औषधिमा सात लाख ४१ हजार, औषधिजन्य सामग्रीमा ३० लाख ५६ हजार, स्वास्थ्य उपकरण चार लाख ५९ हजार, जोखिम भत्ता १३ लाख ८५ हजार, यातायात खर्च पाँच लाख २५ हजार र ३० लाख अन्य खर्च गरिएको छ।

महाकाली नगरपालिकाका नगर प्रवक्ता दिलबहादुर सिजालीले कोरोना सङ्क्रमण फैलिएपछि नगरपालिकामा रोकथामका लागि कार्यक्रम सञ्चालन गरिएको बताए।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।