२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

बजेट निर्माणको तयारीमा जुट्यो सुदूरपश्चिम सरकार

 

सुदूरपश्चिम  प्रदेश सरकार ।

यतिबेला आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रारम्भिक तयारीमा जुटेको छ सुदूरपश्चिम  प्रदेश सरकार।  प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा मुलुकका सात प्रदेशमध्ये पहिलो स्थान हासिल गरेपछि उत्साहित बनेको सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्षका लागि बजेटको सिलिङ र स्रोतको अनुमान गर्न थालेको हो ।मन्त्रालयका सूचना अधिकारी अर्जुन खड्काका अनुसार अहिले बजेट निर्माणको प्रारम्भिक चरण अन्तर्गत स्रोत अनुमान समितिका बैठक भइरहेका छन् । ‘प्रदेशको कुल स्रोत र बजेटको साइज कति हुने भन्नेबारे आज एउटा प्रारम्भिक टुङ्गो लाग्नेछ । संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानको करिब ९ अर्बको फिगर प्राप्त भइसकेको छ भने बाँकी आन्तरिक स्रोत र वित्तीय हस्तान्तरणको प्रक्षेपण गरेर बजेटको आकार निकालिनेछ,’ उनले भने । खड्काका अनुसार आगामी आर्थिक वर्षको बजेट करिब ३० देखि ३१ अर्बको हाराहारीमा हुने अनुमान गरिएको छ । राष्ट्र बैंक, योजना आयोग र अर्थ मन्त्रालयका उच्च पदाधिकारीहरू बिचको छलफलपछि बजेटको कुल आकार तय हुने र त्यस लगत्तै विषयगत मन्त्रालयहरूलाई बजेटको सिलिङ दिने कार्य सुरु हुने खड्काले जानकारी दिए ।

 

 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।