२०८३ कार्तिक १९ बुधबार
Search
२०८३ कार्तिक १९ बुधबार

रौतहटमा गोली प्रहारबाट एक जना घाइते

 

काठमाण्डौ,कार्तिक १८:  रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अज्ञान समूहले गौर नगरपालिका-४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहार गर्दा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका छन् । यादवलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा पुर्‍याइएको थियो । त्यहाँबाट उनलाई थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गएराति सवा ९ बजे बजेको समयमा यादवमाथि गोली प्रहार भएको र उनको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी ६ वटा गोलीका छर्रा लागेको छ । घटनास्थलमा ७.६२ एमएम पेस्तोलको तीन वटा खाली खोका फेला परेका प्रहरीले जनाएको छ । यादवमाथि कसले किन गोली चलाएको भन्नेबारे अहिलेसम्म खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।