२०८३ कार्तिक १९ बुधबार
Search
२०८३ कार्तिक १९ बुधबार

फेरुचेमा हेलिकप्टर दुर्घटना, मृत्यु हुनेमा भारतीय पर्यटक, घाइतेलाई काठमाडौं पठाइयो

 

कार्तिक १८, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा अवतरणका क्रममा दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मंगलबार बिहान ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका थिए । 

दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा सवार भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको उनले बताए ।
दुर्घटनामा सोही हेलिकप्टरमा सवार भारतीय मूलका न्यूजिल्यान्डका नागरिक शैलेश कृष्ण पटेल घाइते भएका छन् । घाइतेको प्रभु हेलिकप्टरमार्फत उद्धार गरी राजधानीको मेडिसिटी अस्पताल पुर्‍याइएको उनले बताए ।

दुर्घटनामा दुवै हेलिकप्टरका पाइलट सामान्य घाइते भएका छन् । उनीहरू दुवैलाई थप उपचारका लागि राजधानी लगिएको छ । दुर्घटनामा मृत्यु भएका भारतीय पर्यटकको शव लुक्लास्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका बेला दुवै हेलिकप्टरमा कति यात्रु सवार थिए भन्ने विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा सवार भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको उनले बताए ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।