काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बाट खटिएको टोलीले बिहीबार शेखर गोल्छालाई पक्राउ गरेको छ ।
उनलाई काठमाडौँकाे नारायण चौरबाट पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकृतले लालबिहानी लाई बताए। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत हुन्। हिमालयन रिइन्स्याेरेन्स कम्पनीकाे सेयरमा इन्साइडर ट्रडिङ (भित्री काराेबार) गरेकाे विषयमा नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) आवश्यक अनुसन्धानका लागि सिफारिस गरेसँगै उनलाई पक्राउ गरिएकाे ती अधिकृतले बताए। सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा हिरासतमा रहेका विवादित व्यवसायी दीपक भट्टको व्यावसायिक कारोबारमा उनकाे संलग्नता देखिएकाे थियाे।









