वैशाख १७ गतेलाई आह्वान भएको संसद् अधिवेशन स्थगित भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् अधिवेशन स्थगित गरेका हुन्।
यसअघि मन्त्रिपरिषदकै सिफारिसमा राष्ट्रपतिले संसद्का दुवै सदनको बैठक वैशाख १७ गते बिहीबार दिउँसो २ बजेलाई आह्वान गरेका थिए।
सरकारको सिफारिसमा विशेष कारणवश संसद् अधिवेशन आह्वान हाललाई स्थगित गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।










