काठमाडौँ : गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता शरत्कुमार थापाक्षेत्रीका अनुसार सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ का आशिष भनिने केदारबहादुर खड्का, सिन्धुपाल्चोक बाह्रविसे–४ का ईश्वर न्यौपाने, गुल्मी दरबार–२ का रामबहादुर क्षेत्री र सप्तरी कृष्ण सव्राम–२ का प्रकाश साह पक्राउ परेका हुन् । यसैगरी मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का कुमार उराउ तथा खोटाङको जन्तेढुङ्गा गाउँपालिका–३ का पशुपति राई पनि पक्राउ परेका हुन् । अभियुक्तहरुबाट प्रहरीले ३१ लाख ८० हजार रुपैयाँ बरामद गरेको छ ।









