२०८३ जेष्ठ २३ शनिबार
Search
२०८३ जेष्ठ २३ शनिबार

नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !

 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशमशेर राणा र राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँबिच नयाँ राजनीतिक शक्ति निर्माण गर्ने औपचारिक सहमति भएको छ ।

वृहत् राष्ट्रवादी एकता कायम गरी देशलाई नयाँ दिशा दिने उद्देश्यका साथ दुई पक्षबिच शुक्रबार ११ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको राणा पक्षका युवा नेता रञ्जन कार्कीले रातोपाटीलाई जानकारी दिए । 

‘संवैधानिक राजसंस्थाको पुनर्स्थापना र वैदिक सनातन हिन्दु अधिराज्य’ लाई मुख्य आधार बनाएर बन्न लागेको नयाँ पार्टी  युवा पुस्ता (जेनजी) र राष्ट्रवादी तप्कालाई समेट्ने लक्ष्य राखेको कार्कीको भनाइ छ । ११ बुँदे सहमति पत्रमा नेपालको भू–अखण्डता, सांस्कृतिक मौलिकता र धार्मिक स्वतन्त्रताको संरक्षणलाई केन्द्रमा राखिएको छ । 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।