२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

सरकारले १०० दिनमा १० काम पनि गर्न सकेन : कांग्रेस

 

काठमाडौं : नेपाली कांग्रेसले सरकारका कमी–कमजोरीबिरुद्ध सशक्त रुपमा खवरदारी गर्ने जनाएको छ । शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दल कार्यसमितिको बैठकले सरकारको काम कारवाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका कमी–कमजोरीबिरुद्ध सशक्त रुपमा खवरदारी गर्ने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

बैठकमा सांसदहरूलाई राष्ट्रिय मुद्दाहरुलाई उठान गर्ने, जनजीविकाका सरोकारहरूलाई प्रभावकारी रुपमा सदनमा प्रस्तुत गर्न संसदीय दल र पार्टीबीच समन्वय गर्ने बिषयमा छलफल भएको उनले बताए ।

महामन्त्री पौडेलले प्रमुख प्रतिपक्षी दलले सदनमा निरन्तर आफ्ना बिषय राख्दा पनि सरकारले नसुनेको भन्दै निरन्तर रूपमा खबरदारी गरिराख्ने समेत उल्लेख गरे । उनले बिषयगत मन्त्रालयले गरेका कामका बारेमा अध्ययन गर्न पार्टीका नेताहरुलाई जिम्मेवारी तोकिएको भन्दै सरकारले सय दिनमा १० काम समेत गर्न नसकेको धारणा राखे । 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।