२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

२० औं एसियन गेम्स : महिला भलिबलमा आज नेपाल र जापानले खेल्दै

 

 काठमाण्डौ,भदौ ३१ : २० औं एसियन गेम्स २०२६ अन्तर्गत नेपालको तर्फबाट पहिलो खेल महिला भलिबल टोलीले खेल्दैछ । नेपाली महिला भलिबल टोलीले जापानसँग प्रतिष्पर्धा गर्न लागेको हो । नेपाल-जापानबीच पार्क एरिना कोमाकीमा आज नेपाली समय अनुसार दिउँसोको ४:०५ बजे (जापानी समय अनुसार साँझ ७:२० मा) खेल सुरु हुनेछ। नेपालका लागि जापान बलियो प्रतिद्वन्द्वी टिम हो ।

नेपाल अन्तर्राष्ट्रिय भलिबल महासंघको वरियतामा ६९ औं स्थानमा छ भने जापान छैटौं स्थानमा छ। समूह ‘ए’ मा नेपाल, जापान र इन्डोनेसिया रहेको छ। विश्व वरियतामा ५३ औं स्थानमा रहेको इन्डोनेसियासँग नेपालले बिहीबार खेल्ने छ। २० औं एसियन गेम्सको औपचारिक उद्घाटन असोज ३ गते (सेप्टेम्बर १९) मा हुने भएपनि सेप्टेम्बर १० देखि नै समूह चरणका विभिन्न खेल सुरु भइसकेका छन्।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।