२०८३ कार्तिक १५ शनिबार
Search
२०८३ कार्तिक १५ शनिबार

कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार

 

वीरेन्द्रनगर  सुर्खेत कार्तिक १४ :  डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन
शुक्रबार राति कारागारभित्र सुरुङ खनेर उनीहरू फरार भएका हुन्। फरार हुनेमध्ये पाँच जना जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका थिए भने तीन जना चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय, डोल्पाका अनुसार फरार हुनेहरूमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालिप्रसाद रोकाया, सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का २८ वर्षीय धन बुढा भनिने हरिबहादुर बुढा रहेका छन्। उनीहरू जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका थिए।

यस्तै, चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भनिने कपिल परियार, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी र सोही ठाउँका ३२ वर्षीय आदेश भण्डारी पनि फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय, डोल्पाका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिलराज गिरीका अनुसार कैदीहरूले कारागारबाट बाहिर निस्कन ४.६३ मिटर लामो सुरुङ खनेका थिए। सोही सुरुङ प्रयोग गरेर आठै जना फरार भएका हुन्। घटनापछि प्रहरीले फरार कैदीहरूको खोजी कार्य सुरु गरेको जनाएको छ। उनीहरू सम्भावित रूपमा जान सक्ने क्षेत्र तथा नाकाहरूमा निगरानी बढाउँदै खोजी कार्यलाई तीव्र पारिएको छ।

 
 
 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।