२०८३ कार्तिक ११ मंगलवार
Search
२०८३ कार्तिक ११ मंगलवार

सल्यानको कुमाखमा मेला : हजारौँको घुइँचो

सल्यान,कार्तिक १०  : सल्यानको दोश्रो अग्लो लेख कुमाखमा लाग्ने मेला दसैँको टीका र जमरापछि आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने, परम्परागत संस्कृति र मौलिकता अनुभव गर्ने अनि धार्मिक आस्था प्रकट गर्ने अवसर बनेको छ । समुद्री सतहबाट करिब दुई हजार ५३७ मिटर उचाइमा रहेको जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कुमाख लेकमा कोजाग्रत पूर्णिमाको अवसरमा सोमबार हजारौँ भक्तजन तथा पर्यटकको घुइँचो लागेको थियो ।

सल्यानका विभिन्न स्थानसँगै छिमेकी जिल्ला रुकुम, रोल्पा, जाजरकोट र दाङबाट समेत मानिसहरू मेला भर्न आउने गर्दछन । धार्मिक पूजाआजा, प्राकृतिक सौन्दर्यको अवलोकन, स्थानीय परिकारको स्वाद र आफन्त सँगको भेटघाटले कुमाख लेकलाई यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा सामाजिक जमघटको केन्द्र बनाएको छ ।

सिद्ध कुमाख र कुमाख गाउँपालिकाको बीचमा अवस्थित कुमाख लेकको चुचुरोमा सिद्ध बाबाको मन्दिर छ । मन्दिरको काखैमा रहेको प्राकृतिक सिद्ध गुफा यहाँको अर्को प्रमुख आकर्षण हो । दसैँपछिको चतुर्दशी र कोजाग्रत पूर्णिमाका अवसरमा यहाँ विशेष पूजाआजा हुने र परम्परागत मेला लाग्ने गर्छ ।

 

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।