२०८३ कार्तिक ११ मंगलवार
Search
२०८३ कार्तिक ११ मंगलवार

सप्तकोशीमा मोटरबोट दुर्घटना

 

काठमाण्डौ, कार्तिक ८ : सुनसरीको बराहक्षेत्र मन्दिरबाट भोजपुरको त्रिवेणीतर्फ जाँदै गरेको मोटरबोट सप्तकोशी नदीमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा परेका १२ जनाको सकुशल उद्धार गरिएको छ भने चार जना बेपत्ता छन्।

आइतबार भएको दुर्घटनामा मोटरबोटमा १९ जना यात्रु सवार रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विक्रम भट्टराईले जानकारी दिए। उनका अनुसार १२ जनाको सकुशल उद्धार गरिएको छ भने बेपत्ता चारजनाको खोजी भइरहेको छ।

मृतक तीनैजनाको शव चतरा अस्पतालमा राखिएको छ। प्रारम्भिक अनुमानअनुसार मोटरबोट सञ्चालनका क्रममा आवश्यक सुरक्षा मापदण्ड पालना नगर्दा दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ । सञ्चालकले स्थानीय प्रशासनसँग अनुमति नलिई मोटरबोट सञ्चालन गरेको र क्षमताभन्दा बढी यात्रु चढाएको स्थानीयले आरोप लगाएका छन्।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।