२०८३ कार्तिक ११ मंगलवार
Search
२०८३ कार्तिक ११ मंगलवार

धारापानीमा ट्रक, बस र माइक्रोबस ठोक्किए

काठमाण्डौ, कार्तिक १० : चितवनको ईच्छाकामना–४ धारापानी स्थित पृथ्वी लोकमार्गमा ट्रक, बस र माइक्रो  एक–आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रो बस आज बिहान  ०८ः४५ बजे एक आपसमा ठोक्किएका हुन् । 

सो दुर्घटनामा ११ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोलीले घाइतेको उद्धार गरेको थियो । 
दुर्घटनापछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । घाइतेलाई स्थानीय अस्पताल र कुरिनटार स्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा लगिएको छ । 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।