काठमाण्डौ,कार्तिक १० : अर्थात आज हुने आम निर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई चुनौती दिने प्रमुख विपक्षी नेताका रूपमा गादी आइजेनकोट उदाएका छन् । लामो समय इजरायली सेनामा बिताएका आइजेनकोट पछिल्लो समय राजनीतिमा सक्रिय छन् ।
उनी नेतान्याहुको विकल्प खोजिरहेका मतदातामाझ प्रभावशाली उम्मेदवारका रूपमा प्रस्तुत भइरहेका छन् । उनले मध्यमार्गी पार्टी ‘याशर’को नेतृत्व गरेका छन् ।आइजेनकोटका लागि सबैभन्दा ठूलो राजनीतिक लाभ उनी नेतान्याहु जस्ता होइनन् भन्ने तथ्यलाई मानिएको छ । इजरायलको राजनीतिक भविष्यका लागि महत्वपूर्ण मानिएको यस निर्वाचनमा नेतान्याहुको विकल्प खोज्ने मतदाताको समर्थन उनले पाउन सक्ने विश्लेषण गरिएको छ । यसअघि नेतान्याहुभन्दा आइजेनकोट चार सिटले अगाडि रहेको मत सर्वेक्षण सार्वजनिक भएको थियो ।
आइजेनकोटको राजनीतिक यात्रामा उनको पारिवारिक पृष्ठभूमि पनि चर्चामा आएको छ । नेतान्याहुका समर्थक मानिने एक टेलिभिजन प्रस्तोता यिनोन मागलले आइजेनकोटलाई लक्षित गर्दै जातीय पृष्ठभूमिसँग जोडेर विवादास्पद टिप्पणी गरेका थिए । उनले आइजेनकोटलाई ‘मोरक्कन मूलका’ भन्दै अश्केनाजी यहुदी अभिजात वर्गको नियन्त्रणमा रहेको व्यक्तिका रूपमा चित्रण गरेका थिए ।
ती टिप्पणीले युरोपेली मूलका यहुदी र मध्यपूर्व तथा उत्तर अफ्रिकी मूलका यहुदी समुदायबीच लामो समयदेखि रहँदै आएको असमानताको बहसलाई पुन: सतहमा ल्यायो । मागलले पछि आफ्नो टिप्पणी जातीय पृष्ठभूमिको उपहास गर्न नभई पर्दा पछाडिबाट सञ्चालित व्यक्तिलाई जनाउने शब्दका रूपमा प्रयोग गरेको दाबी गरे । नेतान्याहुले समेत उक्त टिप्पणीको आलोचना गरेका थिए ।
को हुन् आइजेनकोट ?
६६ वर्षीय आइजेनकोट मोरक्कोबाट इजरायल आएका आप्रवासीका छोरा हुन् । नौ सन्तानमध्ये दोस्रो उनी पाँच सन्तानका पिता हुन् । उनले गाजा युद्धमा आफ्नो छोरा गुमाएका थिए ।

इजरायलको राजनीतिक केन्द्रबाट टाढा रहेका टिबेरियास र इलातमा उनको बाल्यकाल बितेको थियो ।
उनको पृष्ठभूमि नेतान्याहुको तुलनामा फरक छ । नेतान्याहु राजनीतिक प्रभाव र शक्तिको केन्द्र मानिने जेरुसेलमको उच्चवर्गीय परिवेशमा हुर्किएका हुन् भने आइजेनकोटले आफ्नो अधिकांश जीवन सेनामा बिताएका छन् ।
सन् १९७८ मा इजरायली सेनाको गोलानी ब्रिगेडमा भर्ती भएका आइजेनकोटले करिब चार दशक लामो सैन्य सेवापछि सन् २०१५ देखि २०१९ सम्म इजरायली सेनाको प्रमुखको जिम्मेवारी सम्हाले । त्यस अवधिमा उनले नेतान्याहुकै सरकारअन्तर्गत काम गरेका थिए ।
सन् २०१६ मा घाइते प्यालेस्टिनी आक्रमणकारीलाई गोली हानी हत्या गरेका इजरायली सैनिक एलोर अजारीको घटनाले इजरायली सेनाको अनुशासन र नैतिकतासम्बन्धी बहस चर्काएको थियो ।
दक्षिणपन्थी राजनीतिज्ञहरूको दबाबका बाबजुद आइजेनकोटले उक्त घटनामा सैन्य अनुसन्धान र कानुनी कारबाहीको समर्थन गरेका थिए । उनले सेनाको अनुशासन र नैतिकता कायम राख्नु आवश्यक रहेको बताएका थिए ।
सन् २०२२ मा उनी पूर्वसैन्य प्रमुख बेनी गान्ट्जसँगै राजनीतिमा प्रवेश गरे । सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणपछि उनीहरू नेतान्याहुको आपत्कालीन युद्ध मन्त्रिपरिषदमा सहभागी भए । तर युद्धपछिको स्पष्ट रणनीति नभएको भन्दै दुवै नेता सन् २०२४ जुनमा मन्त्रिपरिषद्बाट बाहिरिए ।
युद्धले आइजेनकोटको परिवारलाई पनि गहिरो क्षति पुर्यायो । सन् २०२३ डिसेम्बरमा गाजामा सैन्य कारबाहीका क्रममा उनका २५ वर्षीय कान्छा छोरा गलको मृत्यु भयो । उनका दुई भतिजाले पनि युद्धमा ज्यान गुमाए ।
सन् २०२६ अप्रिलमा प्रकाशित एक लेखमा आइजेनकोटले छोराको बलिदान र युद्धमा ज्यान गुमाएका सैनिकहरूको मृत्यु व्यर्थ हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले यही प्रतिबद्धतालाई आफ्नो राजनीतिक अभियानको महत्त्वपूर्ण आधार बनाउँदै आएका छन् ।
का कारण ‘गल्ती’ भनेका छन् ।
त्यस्तै, उनले यहुदी बस्तीका बासिन्दाबाट हुने हिंसामाथि कडाइ गर्ने प्रतिबद्धता जनाएका छन् । उनले त्यस्तो हिंसालाई ‘यहुदी आतंकवाद’को संज्ञा दिँदै सरकारका कारण सुरक्षा निकायको काममा अवरोध पुगेको आरोप लगाएका छन् ।
–सीएनएनको सहयोगमा












