२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

धरौटीमा रिहा गर्न अदालतले आदेश दियाे, किस्पाङका अध्यक्ष फेरि पक्राउ परे

 

काठमाण्डौ,भदौ ३० : नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई अदालतले बैंकिङ कसुरका एउटा मुद्दामा धरौटीमा रिहा गर्न आदेश गरेको छ । अरुण अर्याल जाहेरवाला रहेको ५ लाख २५ हजार बिगो भएको बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालले मंगलबार उनलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश गरेका हुन्  । अदालतले धरौटीमा रिहा गर्न आदेश गरेपनि उनलाई प्रहरीले फेरि पक्राउ गरेको छ । अरू मुद्दाको बयान र अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले उनलाई फेरी पक्राउ गरेर प्रहरी वृत्त दरबारमार्गमा लगेको छ । तामाङलाई बुधबार पुनः अदालतमा उपस्थित गराइने प्रहरी वृत्त दरबारमार्गका एक जना अधिकृतले लालबिहानीलाई लाई बताए  ।

 

तामाङ सोमबार मध्यान्ह सिंहदरबारबाट निस्कँदै गर्दा पक्राउ परेका हुन् । उनी विरुद्धको थप ९ वटा बैंकिङ कसुरको मुद्दा प्रहरी कार्यालय र अदालतमा विचाराधीन रहेको प्रहरीको रेकर्डमा देखिएको छ। 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।