२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

रास्वपा महाधिवेशनमा,वर्षमानलाई पठाउने

 

काठमाण्डौ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नेता वर्षमान पुनलाई पठाउने भएको छ ।

चितवनमा आइतबारदेखि सुरू हुने पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन रास्वपाले नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्ता दिएको थियो ।

स्वास्थ्यका कारण सहभागी हुन नसक्ने भएकाले नेता पुनलाई पठाउने तय भएको संयोजक प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

‘हिजोसम्म उहाँ जाने नै भन्ने थियो । हिजो बाहिर जानुभएको थियो। अलि गाह्रो भएको जस्तो भयो ।  चितवन अली गर्मी पनि ‍छ चिकित्सकले पनि दुई दिन रेस्ट गर्न भन्नु भएकाले उहाँको सहभागिता नहुने भयो,’ आचार्यले भने ।

प्रचण्ड जेठ १६ गते अस्पताल भर्ना भई केहि दिन उपचारपश्चात डिस्चार्ज भएका थिए । उनी पूर्ण रूपमा अझै ठिक भइनसकेका कारण रास्वपा महाधिवेशनमा सहभागी नहुने भएका हुन् । महाधिवेशनमा एमालेले भने केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलाई पठाउने भएको छ ।

त्यस्तै राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन नै सहभागी हुने तय छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि सहभागी नहुने बताइसकेका छन् ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।