२०८३ भाद्र ३१ बुधबार
Search
२०८३ भाद्र ३१ बुधबार

रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ हजार, अरूमा कति?

 

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न पदमा उम्मेदवारीका लागि शुल्क निर्धारण गरेको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले सभापतिदेखि अरू पदाधिकारी र केन्द्रीय सदस्य पदमा उम्म्दवारी दिन शुल्क निर्धारण गरेको हो ।आयोगले सभापतिका लागि ५१ हजार शुल्क तोकेको छ। साथै एक जना प्रस्तावक र ५१ जना समर्थकको हस्ताक्षर पनि बुझाउनुपर्नेछ ।

 

पार्टीका अन्य पदाधिकारीका लागि ४१ हजार  रूपैयाँ शुल्क तोकिएको छ । १ जना प्रस्तावक र २१ जना समर्थकको हस्ताक्षर पनि बुझाउनुपर्नेछ । केन्द्रीय सदस्यका लागि २१ हजार शुल्क तोकिएको छ भने १ जना प्रस्तावक र २१ जना समर्थकको पनि हस्ताक्षर बुझाउनुपर्नेछ ।  आइतबारदेखि चितवनमा रास्वपाको महाधिवेशन सुरू हुँदैछ । महाधिवेशनबाट १९ जना पदाधिकारी र १५८ केन्द्रीय सदस्य चयन हुनेछन् ।   आइतबार भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन सत्र हुनेछ भने बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुनेछ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।