काभ्रे : बनेपा धुलिखेल पनौतीको सार्वजनिक बसमा पाकेट मारेर नगद चोरी गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रवीन विष्टका अनुसार पक्राउ पर्नेहरूमा बेथानचोक गाउँपालिका–६ का ३० वर्षीय आकाश भन्ने विनोद आलेमगर, ३१ वर्षीय रिक्सन तामाङ भन्ने श्याम तामाङ, ३० वर्षीय सोनाम लामा र मकवानपुरको फापरबारीका ३५ वर्षीय बालकृष्ण मगर पक्राउ परेका हुन् ।
उनीहरूलाई बिहीबार बनेपा नगरपालिका–८ स्थित तीनदोबाटोमा काठमाडौं जाने बस चढेर भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको जनाएको छ । यसअघि बुधबार उनीहरू पनौतीबाट काठमाडौं जाँदै गरेको सार्वजनिक बसमा सवार तीर्थबहादुर तामाङको जुहारीकोट काटेर नगद चोरी गरी फरार भएका थिए ।
अर्का रिक्सन तामाङ भन्ने श्याम तामाङ पनि काठमाडौंमा विभिन्न ७ वटा मुद्दामा संलग्न रहेको देखिएको उनले बताए । उनीहरू विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।












