२०८३ श्रावण १२ मंगलवार
Search
२०८३ श्रावण १२ मंगलवार

माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन

 

काठमाडौं , साउन १२ । लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब दिन काठमाडौंको माइतीघर मण्डलामा सामूहिक आमरण अनशन सुरु गरेको घोषणा गरेको छ ।

यसअघि लघुवित्त पीडितका एक समूहले सरकारसँग वार्ता गरेर आन्दोलन स्थगित गरेको थियो । तर आजदेखि अर्को एक समूहले लघुवित्त पीडितले न्याय नपाएको भन्दै आमरण अनशन सुरु गरेको हो । संघर्ष समितिका अनुसार लामो समयदेखि ग्रामीण तथा सहरी क्षेत्रका विपन्न, किसान र मजदुरहरू चर्को ब्याज, चक्रवृद्धि (कम्पाउन्ड) ब्याज, धितो लिलामी तथा गैरकानुनी असुलीको मारमा पर्दै आएका छन् ।

 

तस्बिरमा लघुवित्त पीडितको अनशन

 

सरकारसँग भएका सहमतिसमेत कार्यान्वयन नभएकाले बाध्य भएर आमरण अनशनमा बस्नुपरेको समितिको भनाइ छ ।

संघर्ष समितिले आफ्ना मागहरू राज्यले औपचारिक रूपमा सम्बोधन नगरेसम्म आमरण अनशनसहितका आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी दिएको छ ।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।