२०८३ श्रावण १२ मंगलवार
Search
२०८३ श्रावण १२ मंगलवार

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। रास्वपाले साउन १३ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार पार्टी कार्यालय वनस्थलीमा विहान ११ बजेदेखि बैठक बस्नेछ ।  बैठकमा मुख्यतः चार एजेण्डामा छलफल हुने महासचिव विपिन आचार्यले लालबिहानीलाई जानकारी दिए । उनका अनुसार बैठकमा हालै सम्पन्न भएको महाधिवेशनको समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन तथा मनोनयन र आगामी अभियान तथा कार्यक्रम सञ्चालनका विषयमा छलफल हुनेछ । रास्वपाको पहिलो महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भए पनि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन । 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।