२०८३ श्रावण १३ बुधबार
Search
२०८३ श्रावण १३ बुधबार

सुनसरीका नागरिकको जीउधनको रक्षा गर्न रवि लामिछानेको माग

 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीसहित पूर्वी जिल्लामा पछिल्लो समय विकसित भएको तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति सुरक्षा कायम गर्न र आम नागरिकको जीउधनको रक्षा गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै लामिछानेले सुनसरीलगायत पूर्वी जिल्लामा भएको संवेदनशील र दुःखद घटनाप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले घाइते भएका नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्  ।

लामिछानेले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सबै पक्षलाई आग्रह गरेका छन् । उनले अफवाह र उत्तेजनाबाट टाढा रही संयमता अपनाउन नागरिकलाई अपिल गरेका छन् ।

रास्वपाले संवेदनशील परिस्थितिलाई सामान्य बनाउन नेपाल सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरणमा रहेको जनाउँदै तत्काल शान्ति सुरक्षा कायम गर्न, नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ ।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।