काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले बल, गोली र दमनले जनतालाई होइन सत्तासीन र सत्तालाई ढाल्ने ठोकुवा गरेका छन् । सोमबार साँझ लालबिहानी मार्फत धारणा सार्वजनिक गर्दै महासचिव विप्लव सीले सरकारलाई बल, गोली र दमनको नीति त्यागेर जनताका समस्याको न्यायपूर्ण समाधान गर्न आग्रह गर्दै सत्तासँग समस्या समाधान गर्ने क्षमता भन्दा पनि गोली र बल प्रयोग गर्ने शक्ति धेरै देखिएको टिप्पणी गरेका छन्। उनले गोली, जेल र दमनलाई समाधानका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति गलत भएको बताएका छन् ।
महासचिव विप्लव सीले सुनसरीको मात्र होइन–सुकुम्बासी, मिटरब्याज पीडित तथा राइड सेयर चालक गणेश नेपालीसँग सम्बन्धित घटनाहरूलाई उदाहरणका रूपमा उल्लेख गर्दै राज्यले समस्याको समाधानभन्दा दमनलाई प्राथमिकता दिएको ठोकुवा गरेका छन् । उनले सरकारलाई सम्बोधन गर्दै भनेका छन्, “हेक्का रहोस्, बल, गोली र दमनले जनतालाई होइन, सत्तालाई ढाल्छ ।”
महासचिव विप्लव सीले दोषीमाथि समयमै कारबाही गर्न, पीडितलाई न्याय दिन र जनताका समस्याको न्यायपूर्ण तथा दिगो समाधान खोज्न सरकारसँग माग समेत गरेका छन् ।












