२०८३ मंसिर ४
Search
२०८३ मंसिर ४

‘आगामी शक्ति र समाधान नेकपा (माओवादी) नै हो’

 

काठमाण्डौ,कार्तिक २९ :  नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आगामी शक्ति र समाधान नेकपा (माओवादी) नै भएको निष्कर्ष निकाल्दै देशको वर्तमान राजनीतिक संकटको निकासका लागि जनसंघर्षको तयारी गरेको छ । सो पार्टीको गत असोजमा सम्पन्न नवौँ केन्द्रीय समितिको संगठन अधिवेशन आयोजक समितिको सचिवालयको विस्तारित बैठक र त्यसपछि हालै सम्पन्न भएका सो पार्टीको सातै प्रदेश स्तरीय बैठकले देशको वर्तमान राजनीतिक संकटको निकास जनसंघर्ष मात्रै भएको निष्कर्ष निकाल्दै छिट्टै जनसंघर्षमा उत्रने निर्णय गरेको बताइएको छ ।
हालै सम्पन्न भएका सो पार्टीका प्रदेश स्तरीय बैठकले ०८२ भदौ अन्तिमदेखि राष्ट्रिय राजनीति र नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका विरुद्ध अमेरिकी साम्राज्यवादले गरेको हस्तक्षेप र चुनाव पछि नवदलाल पूँजीवादको प्रतिनिधि बालेन सरकारको नेतृत्वमा राज्य गएपछि राष्ट्रिय राजनीति र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा पर्न गएको त्यसको जवरजस्त असरले पार्टी जीवन र गतिविधिमा पर्न गएको प्रभाव परेको निष्कर्ष निकालेको छ ।
उक्त बैठकले देशको चरम संकट र जेन–जी विद्रोहको दुरुपयोग गरी अमेरिकी साम्राज्यवादले गरेको हस्तक्षेप र नियन्त्रण पछि पार्टीको काँधमा आएको अभुतपूर्व जिम्मेवारीबाट भागेका अराजकतावादी, गुटवादी, निराशावादी, पलायनवादी, विचलनतावादी र फुटवादीहरु र तिनलाई प्रयोग गरेर पार्टीका विरुद्ध हमला, षड्यन्त्र र अफवाह फैलाउने कथित वामपन्थी दलाल पूँजीवादी तत्व लागि परेको निष्कर्ष निकाल्दै सरकारको रवैया र अमेरिकी साम्राज्यवादको हर्कतले नेपाली जनतासँगको अन्तरविरोधले नयाँ स्वरुप लिएको, अमेरिकी साम्राज्यवाद र नवदलाल पूँजीवादी बालेन सरकार विरुद्ध नेपाली श्रमिक जनताको तिव्रतामा विकास हुदँै गएको अन्तरविरोधको समाधानको शक्तिशाली साधन जनसंघर्षको मोर्चा भएको निष्कर्ष निकाल्दै देशको वर्तमान राजनीतिक संकटको निकासका लागि जनसंघर्षको तयारीमा जुटेको बताइएको छ ।
सो पार्टीको हालै सम्पन्न भएका प्रदेश स्तरीय बैठकले देशको पछिल्लो परिस्थितिको सभावना र चुनौतीलाई दृष्टिगत गर्दै सम्भावनालाई वास्तविकतामा बदल्न र चुनौतीको कडाई पूर्वक सामना गर्न जनसंघर्ष आगामी निर्विकल्प हतियार बनेको निष्कर्ष निकालेको छ ।
ती प्रदेश स्तरीय बैठकले राष्ट्रको स्वाधिनता एवम् पहिचान झन् पछि झन् डरलाग्दो खतरामा पर्दै गएको, नेपाली श्रमिक जनताले प्राप्त गरेका सीमित अधिकारहरु बालेन सरकारका कारण एकपछि अर्को गर्दै खोसिदै गइरहेको, देशको अग्रगामी परिवर्तन र नेपाली जनताको समाजवादी व्यवस्था प्राप्तिको जनक्रान्तिको यात्रामा नवदलाल पूँजीवाद र अमेरिकी साम्राज्यवादले भयानक अवरोध खडा गर्ने धृष्टता गरी राखेको निष्कर्ष निकालेको बताइएको छ ।
यसैगरी, प्रदेश स्तरीय बैठकले जनजीविका डरलाग्दो ठाउँमा पुगेको र बेलगाम महँगी वृद्धिको दुस्चक्रमा नेपाली जनता फस्दै गएको निष्कर्ष समेत निकालेको बताइएको छ ।
ती बैठकले देश र जनतालाई अमेरिकी साम्राज्यवादी हस्तक्षेप र नवदलाल पूँजीवादी बालेन सरकारको चंगुलबाट मुक्त गर्न क्रान्तिकारी माओवादी, वामपन्थी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्ति एकसाथ पहल गर्न तयार हुनु पर्ने वर्तमान आवश्यकता रहेको निष्कर्ष निकालेको बताइएको छ ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।