२०८३ मंसिर ४
Search
२०८३ मंसिर ४

स्रोत नखुलेको १ करोड ६७ लाखसहित ललितपुरबाट तीन जना पक्राउ

 

काठमाण्डौ,मंसिर २ : स्रोत नखुलेको  रकमसहित ललितपुरबाट तीन जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका ४ नख्खु दोबाटो चोकबाट १ करोड ६७ लाख ३३ हजार २३० रूपैयाँसहित तीन जना पकराउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सानेपाबाट सातदोबाटो जाँदै गरेको  बागमती प्रदेश ०१-०२७ च २७६५ नम्बरको गाडीमा खोजतलास गर्दा सो रकम भेटेको हो । पक्राउ पर्नेहरूमा ललितपुरको गोदावरी नगरपालिका-१० चापागाउँ बस्ने ३२ वर्षीय जयराम केसी, भोजपुरको भोजपुर नगरपालिका-३ घर भई कोटेश्वर बस्ने ३१ वर्षीय दीपक खड्का र काठमाडौं बत्तीसपुतलीका २९ वर्षय प्रज्वल रिजाल छन् । प्रहरीले स्रोत नखुलेको रकम, मिनी कन्टेनर र विभिन्न कम्पनीको तीन थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका तीनै जनालाई थप कारबाहीका लागि  जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाइएको कार्यालयले जनाएको छ।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।