२०८३ मंसिर ४
Search
२०८३ मंसिर ४

नेतान्याहू र आइजेनकोट दुवैले प्रधानमन्त्रीको दाबी

 

काठमाण्डौ,कार्तिक ३० : इसराइलमा संयुक्त सरकार गठनका लागि प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र विपक्षी नेता गादी आइजेनकोटबीच भएको छलफल निष्कर्षविहीन भएको छ।

दुवै पक्षले प्रधानमन्त्री पद अर्को पक्षलाई दिन अस्वीकार गरेपछि वार्तामा सहमति जुट्न नसकेको इसराइली अखबार टाइम्स अफ इसराइलले जनाएको छ।

आइतबार नेतान्याहूको लिकुड पार्टी र आइजेनकोट नेतृत्वको याशार पार्टीका वार्ता टोलीबीच करिब एक घन्टा छलफल भएको थियो।

बैठकपछि दुवै पक्षले सकारात्मक वातावरणमा वार्ता भएको र छलफल जारी रहने बताएका थिए ।

तर प्रधानमन्त्री पद कसले लिने भन्ने विषयमा दुवै पक्ष आ–आफ्नो अडानमा रहेको टाइम्स अफ इसराइलले जनाएको छ। आइजेनकोट नेतृत्वको गठबन्धनका वरिष्ठ सांसद चिली ट्रोपरले लिकुडका प्रतिनिधिलाई आफूहरू जुनसुकै अवस्थामा पनि सरकार गठन गर्न प्रतिबद्ध रहेको बताएका थिए।

‘आइजेनकोट जुनसुकै परिस्थितिमा सरकार बनाउन दृढ छन् । यो कुरा बुझ्नुपर्छ,’ उनले भनेका छन् ।

नेतान्याहूनिकट व्यक्तिहरूले सम्भावित एकता सरकारमा दक्षिणपन्थी नेता इतामार बेन्गभिरको ओत्ज्मा येहुदित पार्टीलाई सहभागी नगराउन सकिने संकेत दिएका छन्। आइजेनकोटले नेतन्याहूसँग सत्ता सहकार्यका लागि राखेका विभिन्न सर्तहरूमध्येम लिकुडले अति दक्षिणपन्थी यहुदी पार्टीलाई सरकारमा सहभागी गराउन नहुने पनि एक थियो।

 इसराइल हायोमका अनुसार अमेरिकाले पनि बेन्गभिरलाई सरकारमा नराख्न दबाब दिएको छ।

तर नेतान्याहूले सार्वजनिक रूपमा आफ्ना सबै अति दक्षिणपन्थी र अति धार्मिक सहयोगी दललाई सरकारमा सहभागी गराउनुपर्ने अडान राख्दै आएका छन्। लिकुडले वामपन्थी डेमोक्रेट्स पार्टीलाई समेत सरकारबाट बाहिर राख्न नहुने बताएको छ।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।