२०८३ मंसिर ४
Search
२०८३ मंसिर ४

न्युजिल्यान्डले वर्क भिसामा कडाइ गर्दै

 

काठमाण्डौ,मंसिर २ : न्युजिल्यान्ड सरकारले वर्क भिसा (काम गर्नका लागि दिइने भिसा)मा कडाइ गर्ने भएको छ । अध्यागमन कर्मचारीबाट वर्क भिसा जारी गर्दा केही गम्भीर तथा महत्त्वपूर्ण जोखिमका विषयमा ध्यान नपुगेको र त्यसले समस्या निम्त्याएको भन्दै आगामी दिनमा त्यस्ता महत्त्वपूर्ण विषयमा थप सजग भएर अध्यान गरेपछि मात्र भिसा जारी गर्न भनेको छ । 

न्युजिल्यान्ड इमिग्रेसन हालै गरिएको समीक्षाले विशेषगरी मान्यता प्राप्त रोजगारदाता वर्क भिसा (एक्रिडिटेड एम्प्लोयर वर्क भिसा–एईडब्लुभी) सम्बन्धी केही निर्णयमा अध्यागमन कर्मचारीबाट आवेदकको वास्तविक मनसाय र भिसा अवधि सकिएपछि देश छाड्ने सम्भावनाबारे पर्याप्त मूल्यांकन नभएको देखिएपछि सरकारले थप जाँच गरेर मात्र भिसा जारी गर्न कर्मचारीलाई निर्देशन दिएको हो । 

एक पटक वर्क भिसा लागेर न्युजिल्यान्ड आइसकेपछि पुन दोस्रो पटक भिसा लगाउँदा भिसा लाग्ने सम्भावना नरहेपछि धेरैले आफ्नो देशमा फर्कने वातावरण नभएको, आर्थिक अवस्था कमजोर भएको, आफ्ना बालबालिकालाई दैनिक खुवाउन तथा शिक्षा, स्वास्थ्यमा गम्भीर समस्या पर्नेलगायतका  विभिन्न बाहना बनाएर शरणार्थी भिसा माग गर्नेहरूको संख्या बढ्न थालेपछि सरकारले वर्क भिसा वितरणमा कडाइ गर्न लागेको हो । 

न्युजिल्यान्डमा कृषि फार्म (फलफूल, तरकारी), गाई फार्म, होटल तथा रेस्टुरन्ट, टुरिजमलगायतका क्षेत्रबाट नेपाललगायत विभिन्न मुलुकका नागरिक वर्क भिसा लगाएर आउने गरेका छन् । धेरैजसो नेपालीहरू भने तेस्रो मुलुकहरू भारत, मलेसिया, कोरिया, साउदी, दुबई, कतार, कुबेत, बेलायतलगायतका देशबाट वर्क भिसा  लगाएर आउने गरेका छन् । त्यसरी अन्य मुलुकबाट वर्क भिसा लगाउँदा उनीहरूले त्यहाँ गरेको कामलाई आफ्नो अनुभव तथा योग्यताको रूपमा डकुमेन्ट पेस गर्ने गरेको पाइन्छ ।  

हेको प्रमाणित गर्नुपर्छ। 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।