२०८३ मंसिर ४
Search
२०८३ मंसिर ४

एनपीएल इलिमिनेटरमा आज काठमान्डु र चितवन भिड्दै

 

काठमाण्डौ,मंसिर २ : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज इलिमिनेटरमा काठमान्डु गोर्खाज र चितवन राइनोज भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टोलीबीच दोस्रो क्वालिफायर यात्राका लागि आमने-सामने हुनेछन् ।यी दुई टोलीबीचको विजेताले पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित सुदूरपश्चिम रोयल्ससँग फाइनल यात्राका लागि बिहीबार प्रतिस्पर्धा गर्नेछ । हार्ने टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।

दोस्रो क्वालिफायर जित्ने टोलीले उपाधि रक्षाका लागि लुम्बिनी लायन्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटर पुग्ने यी दुई टोलीमा काठमान्डु गोर्खाज अंक तालिकाको तेस्रो स्थानमा छ भने चितवन राइनोज चौथो स्थानमा छ । काठमान्डुले सात खेल खेलेकोमा ४ मा जित र ३ मा हार बेहोर्दै अंक तालिकाको तेस्रो स्थान सुरक्षित गर्दै प्लेअफमा पुगेको हो । चितवन राइनोज भने ७ खेलमा तीनमा जित,तीनमा हार र एक खेल वर्षाका कारण रद्द हुँदा बराबरी अंक बाडेर प्लेअफमा स्थान सुरक्षित गरेको हो ।

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।