२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

भालुको आतंक, एकैदिन तीन जना घाइते

धनगढी: अछाममा एकैदिन फरकफरक स्थानमा भालुको आक्रमणबाट तीन जना घाइते भएका  छन्। शुक्रबार जिल्लाको रामारोशन गाउँपालिका –६ भाटाकाटीया स्थित तुर्सानी समुदायिक वनमा भालुले आक्रमण गर्दा भाटाकाटियाका ३० वर्षीय दानबहादुर साउद र ३८ वर्षीय तुल साउद घाइते भएका छन्। 

दिउँसो १२ बजेतिर घाँस दाउरा काट्ने क्रममा भएको आक्रमणबाट उनीहरुको शरिरमा चोट लागेकाले अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घाइते दुवैलाई प्रहरी चौकी सान्तडाबाट गएको टोलीले उद्धार गरी बयलपाटा अस्पताल पठाएको अछाम प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले बताए। 

यस्तै शुक्रबार नै साढे १२ बजेतिर रामारोशन गाउँपालिका –५ छडिखोलाको जंगलमा घाँस, दाउरा काटने क्रममा भालुले ५५ वर्षीय भैरे बटलामाथि आक्रमण गरेको छ। उनको समेत प्रहरी चौकी सान्तडाबाट गएको टोलीले उद्धार गरी बयलपाटा अस्पताल पठाएका सूचना अधिकारी अवस्थीले बताए। उनको अवस्था पनि गम्भीर रहेको बताइएको छ। 

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।