२०८३ बैशाख ७ सोमबार
Search
२०८३ बैशाख ७ सोमबार

दार्चुलामा बाढी पहिरोले तीन घर बगे

दार्चुला : दार्चुलामा बाढीपहिरोले तीन घर पुरिएका र दर्जन बढी घर जोखिममा परेका छन्। महाकाली नगरपालिका–२ को मैखोलीमा बाढीपहिरोले तीन घर पुरिएका र  दर्जनौँ घर जोखिममा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीपहिरोले मानवीय क्षति भएको छैन्।
 
आज बिहान आएको पहिरोले गगन पार्कीको दुईतले घर बगाएको र पशु चौपायालाई सुरक्षित स्थानमा सारिएको छ। यस्तै सोही ठाउँमा रहेका कालु भुल, मने भुल, र परे भूलको संयुक्तरुपमा निर्माण भएको  तीनतले घर पनि बाढीपहिरोले  बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो। 
यसैगरी बाढीपहिरोले सोही ठाउँका ललितराम पार्कीको दुईतले घर बगाएको छ। लास्कुखोला र आसपासबाट आएका खोलाले बाढीपहिरो निम्त्याएको हो। यस्तै प्रहरीले सोही ठाउँका कालुसिंह भुलको चौपायालाई जीवितै उद्धार गरेको छ। बाढीपहिरोले मानमती पार्की, हरकसिंह साहु, पारस साहुको घर पूर्णरूपमा जोखिममा परेको छ भने मानिस र पशुचौपायाको उद्धार गरिएको प्रहरीले जनाएको छ। 

यस्तै बाढीपहिरोले मनिराम भुल, परे भुल, अमिरा पार्की, ललितराम पार्की, रुकुम पार्की र गगन पार्कीको घर पनि जोखिममा परेका प्रहरीले जनाएको छ। बाढीपहिरोका कारण खार–खलङ्गा सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ। अहिले स्थानीयवासीलाई सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। सडक अवरुद्ध भएका कारण उद्धारमा समेत ढिलाइ भएको प्रहरीले जनाएको छ।

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।