डाउनटाउन 3×3 बास्केटबलमा भिजनरी इन्ष्टिच्युसन प्रथम रनरअप, युवा खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले सबैको मन जित्यो
काठमाडौं — हालै सम्पन्न डाउनटाउन 3×3 बास्केटबल प्रतियोगितामा भिजनरी इन्ष्टिच्युसनले आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत ५२ टिममध्ये प्रथम रनरअपको उपाधि हासिल गर्दै खेलप्रेमीहरूको ध्यान आकर्षित गर्न सफल भएको छ।
प्रतियोगिताभर भिजनरीका खेलाडीहरूले देखाएको अनुशासन, टोली भावना र शारीरिक क्षमताले सबैलाई प्रभावित पारेको थियो। हरेक खेलमा उनीहरूले देखाएको जोश, आत्मविश्वास र रणनीतिक कौशल उल्लेखनीय रह्यो। विशेष गरी युवापुस्ताको नेतृत्वमा बनेको यो टोलीले सामूहिक प्रयास र निरन्तर मेहनतको प्रतिफलस्वरूप उपाधिसम्मको यात्रा तय गर्न सक्यो।
फाइनल खेलमा केही निर्णयप्रति हल्का विवाद भए पनि, भिजनरी इन्ष्टिच्युसनले खेल भावना कायम राख्दै उत्कृष्ट खेल कौशल प्रस्तुत गर्यो, जसले सबैको मन जित्यो।
भिजनरी इन्ष्टिच्युसनले यस्तो स्तरको प्रदर्शन गर्नुले युवाहरूमा रहेको प्रतिभा र सम्भावना प्रमाणित गरिदिएको छ। यिनीहरूको समर्पण र संघर्षले नेपाली बास्केटबलको उज्ज्वल भविष्य को संकेत गरेको छ।
यस प्रकारको जोशिलो र प्रेरणादायी खेलले नेपाली खेलकुद क्षेत्रलाई नयाँ ऊर्जा दिएको छ। आगामी दिनमा भिजनरी इन्ष्टिच्युसन अझ प्रगति गर्दै अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने विश्वास गरिएको छ।









