२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

सिंहदरबारबाट बाहिरिएलगत्तै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष

 

काठमाण्डौ,भदौ २९ : प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रको समस्याबारे छलफल गर्न आएका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्।  जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अध्यक्ष तामाङलाई सोमबार पक्राउ गरेको हो।

अध्यक्ष तामाङ प्रधानमन्त्री शाहसँग छलफल गर्न सिंहदरबार आइपुगेका थिए। बिहान ११ बजेदेखि साढे २ बजेसम्म उनी छलफलमा सहभागी भएका थिए ।

बैठक सकेर सिंहदरबारबाट बाहिरिएका उनलाई प्रहरी वृत्त दरबारमार्गको टोलीले पक्राउ गरेको एसपी दानबहादुर थापाले लालबिहानीलाई जानकारी दिए ।

‘बैंकिङ कसुरसम्बन्धि मुद्दा अदालतमा दायर भएको रहेछ। अदालतमा उपस्थित गराउने प्रयोजनका लागि सिंहदरबारको बाहिर हनुमानथानमा फेला पारी नियन्त्रणमा लिएको रहेछ,’ उनले भने । एसपी थापाका अनुसार तामाङ ओसिन ट्रान्सपोर्ट एन्ड एड्भेन्चरका संचालक समेत हुन्।

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।